राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १७ देखि हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १७ देखि २१ गतेसम्म हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन मार्फत मेलाका बारेमा जानकारी दिएको हो । यो मेला ३४ औँ संस्करणको हो । यही अवसरमा १३ औँ क्यान इन्फोटेक समेत हुने भएको छ ।
मणिपाल शिक्षण अस्पतालको मुख्य सहयोगमा हुने मेलाको तयारी चलिरहेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचानसँगै बजार र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उनको भनाई छ ।
यस वर्ष मेलाको अवधि पनि ५ दिनमा झारिएको छ । क्यान महासङ्घ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराउने र साइबर सुरक्षाबारे सचेतता फैलाउने जानकारी दिए ।
सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरूले पछिल्लो समयका प्रविधि, दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण