१२ बजे १२ समाचार: कुलिङ पिरियड छेडखानीमा उन्मुक्ति पाएका अर्याल अवकाशमा, एमालेलाई प्रतिनिधि छनोटको चटारो
सारांश
- एमालेको राष्ट्रिय महाधिवेशनको प्रक्रिया सुरु, प्रतिनिधि छनोटको चटारो छ।
- मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गए।
- निर्वाचन आयोगमा ८० दल दर्ता भए, फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ–
१. एमालेलाई प्रतिनिधि छनोटको चटारो
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशन प्रक्रिया सुरु भएको छ । मङ्सिर ९ गते मंगलबारबाट एमालेले प्रतिनिधि छनोटको काम अगाडि बढाएसँगै एमालेको महाधिवेशन प्रक्रिया सुरु भएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।
२. बिदा भए मुख्यसचिव
मुख्यसचिव एकनारायण अर्याल मंगलबार रातिदेखि ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ भदौ १३ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले वरीयता मिचेर मुख्यसचिवमा नियुक्त गरेका अर्यालको कार्यकाल त्यति सौहार्दपूर्ण भएन ।
३. दल दर्ता
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।
४. कुलमानसहितको पार्टी एकता
कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् ।
उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताए । उनले मंगलबार मात्रै पनि कुलमान घिसिङसहितको बैठक बसेर एकताबारे छलफल भएको रातोपाटीलाई बताए ।
५. अदालतमा एमाले
प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालत रिट निवेदन पेस गरेको छ ।
विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार पेस गरेको रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको दाबी गरिएको छ ।
६. मन्त्रिपरिषद् निर्णय
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
७. ज्वालामुखीको असर
इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीको असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तय भएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्।
८. ओलीलाई ईश्वरको टक्कर
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कने बताएका छन् ।
मंगलबार पोखरेलले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
९.ल्याण्डफिल साइटमा विवाद
काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा लामो समयदेखि फोहर विसर्जन गर्दै आएका छन् ।
१०. एकैदिन रामशाहपथ र कान्तिपथमा एमालेको पाइला
फागुन २१ आउन १०० दिन बाँकी रहँदा नेकपा एमाले निर्वाचन आयोग पुगेर दल दर्ता (अद्यावधिक) गरेको छ । मंगलबार एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यसहितका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् । संजोग नै मान्नुपर्छ कान्तिपथस्थित आयोग कार्यालय पुगेर दल दर्ता गरेकै दिन एमालेले रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पनि दिएको छ ।
११. सेयर बजार
नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । निरन्तर दुई दिन बढेको नेप्से मंगलबार पनि ५.३२ अङ्क बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।
१२. एनपीएल
नेपाल प्रिमियर लिगमा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण