अपडेट
निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र
बुधबार, १० मङ्सिर २०८२, ०८ : ४४
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ताको समय आजसम्म मात्रै छ।
- निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले आजसम्म निर्वाचनका लागि दल दर्ता गर्नुपर्नेछ।
- निर्वाचन प्रयोजनका लागि मंगलबारसम्म ८० दल दर्ता भएका छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन्।
निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ।
आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण