बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

बुधबार, १० मङ्सिर २०८२, २० : २३
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको सभा सम्पन्न भयो।
  • नेताहरूले महाधिवेशन रोकेको आरोप लगाए, र विशेष महाधिवेशनको विकल्प नभएको बताए।
  • पार्टीका नेताहरूले हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको र साथीहरूको आग्रहलाई लल्कार्न नहुने बताए।

काठमाडौँ ।  नेपाली कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधरको सभा आज सम्पन्न भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी थिए । उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको आरोप लगाए । उनले भने, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”

कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताए । उनले भने, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।”

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरेका थिए ।

आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप