शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल : सुदूरपश्चिमको लगातार चौथो जित
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : सुदूरपश्चिमको लगातार चौथो जित

बिहीबार, ११ मङ्सिर २०८२, १४ : १६
Live

सारांश

  • बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
  • खेल सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको छ ।

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच अपडेटमा स्वागत छ । 

लगातार चौथो जित निकाल्दै सुदूरपश्चिम प्लेअफ नजिक

काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार चौथो जित निकाल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको प्लेअफ नजिक पुगेको छ ।

बिहीबार भएको खेलमा सुदूरपश्चिमले लम्बिनी लायन्समाथि ७ विकेटको जित निकालेको हो । यो जितसँगै सुदूरपश्चिमले चार खेलबाट ८ अंक जोड्दै प्लेअफका लागि आफूलाई बलियो बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर २ बलमा तीन विकेट गुमाउँदै १४५ रन बनायो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले नट आउट ६९ रनको अर्धशतकीय पारी खेले ।

सुदूरपश्चिमका लागि विनोदको अर्धशतक पूरा

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि ३७ बलमा अर्धशतक पूरा गरेका हुन् । 

उनले ४ चौका र ३ छक्का प्रकार गर्दै ५० रन पूरा गरे । उनको अर्धशतकसँगै सुदूरपश्चिमले १४ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै १०१ रन बनाएको छ ।

सुदूरपश्चिमले १० ओभरमा बनायो ६३ रन

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १० ओभरमा ६३ रन बनाएको छ ।

 त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभरमा दुई विकेट गुमाउँदै ६३ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि अहिले क्रिजमा रहेका विनोद भण्डारीले २५ रन बनाएर खेलिरहेका छन् भने आरिफ शेखले १० रन बनाएर खेलिरहेका छन् ।

लुम्बिनीलाई दोस्रो सफलता, क्रिस लिन १६ रन बनाएर आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

 त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले क्रिस लिनको रुपमा दोस्रो विकेट गुमाएको हो ।   

सुदूरपश्चिमविरुद्ध लुम्बिनीलाई पहिलो सफलता

काठमाडौँ । लुम्बनीविरुद्ध जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमलाई पहिलो झट्का लागेको छ । जोस ब्राउन ७ बलमा ९ रन बनाएर क्याच आउट भए । उनी अभिशेष गौतमको बलमा सिकार भएका हुन् । 

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले १४४ रनको लक्ष्य पछ्याइरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनाको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै दिलिप नाथले ३१ रन बनाउँदा ड्रेसी शर्ट र सुमित महर्जनले समान १८–१८ रनको योगदा गरे ।  

लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै दिलिप नाथले ३१ रन बनाउँदा ड्रेसी शर्ट र सुमित महर्जनले समान १८–१८ रन बनाए । त्यस्तै गुल्बदिन नइबले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै हेमन्त धामीले दुई विकेट लिँदा स्कट गुग्गलेइनले एक विकेट लिए । 

सुदूरपश्चिमलाई सातौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध सातौँ सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले शेर मल्लको रूपमा सातौँ विकेट गुमाएको हो । शेर मल्ललाई सुदूरपश्चिमका स्कट गुग्गलेइनले बोल्ड आउट गराएका हुन् ।

सुदूरपश्चिमलाई एकै ओभरमा तीन विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध एकै ओभरमा तीन विकेट हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ट्रम्पलम्यानको रुपमा पाँचौं विकेट गुमाएको हो । नैबलाई सुदूरपश्चिमका अविनाश बोहराको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिट मार्फत रन आउट गराएका हुन् ।

त्यस्तै अविनासले १७ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । अविनाशले नै १७औँ ओभरको दोस्रो बलमा गुल्बदीन नैबलाई क्याच आउट गराएका थिए ।

अविनाशले लिए गुल्बदिन नैबको विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध चौथो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले गुल्बदिन नैबको रुपमा चौथो विकेट गुमाएको हो ।  नैबलाई सुदूरपश्चिमका अविनाश बोहराले ११ रनमा क्याच आउट गराएका हुन् ।

सुदूरपश्चिमलाई तेस्रो सफलता, कप्तान रोहित ३५ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो ।  

रोहितलाई सुदूरपश्चिमका हेमन्त धामीले ३५ रनमा क्याच आउट गराएका हुन् ।

लुम्बिनीले जाेड्याे १० ओभरमा ७० रन

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले १० ओभरमा ७० रन पूरा गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १० ओभरमा दुई विकेट पूरा गर्दै ७० रन बनाएको हो ।

सुदूरपश्चिमलाई दोस्रो सफलता, हर्मितले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुमित महर्जनको रूपमा दोस्रो विकेट गुमाएको हो ।  

उनलाई सुदूरपश्चिमका हर्मितले १८ रनमा एलबीडब्लू गराएका हुन् ।

हेमन्तले दिलाए सुदूरपश्चिमलाई पहिलो सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ड्रेसी शर्टको रुपमा पहिलो विकेट गुमाएको हो ।  

उनलाई सुदूरपश्चिमका हेमन्त धामीले १८ रनमा बोल्ड आउट गराएका हुन् ।

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा  लुम्बिनी लायन्स विरुद्ध  सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ ।  

अङ्कतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अङ्कसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अङ्कसहित छैटौँ स्थानमा छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।

एनपीएलः आज सुदूरपश्चिमसँग लुम्बिनी र जनकपुरसँग पोखरा भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुनेछन्।

पहिलो खेलमा दिउँसो ११ः४५ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यसअघि भएका तीनवटै खेलमा जीत दर्ता गरेको सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। लुम्बिनी भने दुई खेलबाट एकमा जित हात पार्दै २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।

दोस्रो खेलमा साँझ ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्। दुवैले अहिलेसम्म दुई–दुई खेल खेले पनि खाता खोल्न सकेका छैनन्।

एनपीएलले विदेशी खेलाडीबाट सिक्ने मौका मिलेको छ: रञ्जित कुमार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले विदेशी खेलाडीबाट सिक्ने मौका जुरेको बताएका छन् ।

बुधबार सम्पन्न खेलमा विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेपछि रञ्जितले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, “विदेशी खेलाडीसँग खेल्न पाउँदा हामीले धेरै सिक्ने मौका मिलेको छ । खेल्ने क्रममा केही कमजोरी भए पनि विदेशी खेलाडीले पनि सम्झाउनुहुन्छ । राम्रो सल्लाह दिनुहुन्छ ।” 

कुमार डेब्यु खेलमै पाँच विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । टोली कप्तान कुशल मल्लले ढुक्कसँग बलिङ गर्न हौसला दिएको बताउँदै उनले आफूले पाएको अवसरमा राम्रो गरेर देखाउनुपर्छ भन्ने लागेको प्रतिक्रिया दिए । कुमारले भने, “मैदानमा आउँदादेखि नै आज राम्रो गर्छु भन्ने आत्मविश्वास बढेको थियो । बलिङ मात्रै नभएर फिल्डिङमा पनि राम्रो गर्छु भन्ने विश्वास थियो ।”

एनपीएलमा रञ्जितको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखे । रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने ।

बुधबार सम्पन्न विराटनगर किङ्ग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे । १९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा ब्रेक समेत लाग्यो ।

उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए । उनको यो ‘डेब्यु’ खेलसमेत हो । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया