सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा. रावल
बिहीबार, ११ मङ्सिर २०८२, २० : १३
सारांश
- डा. रावलले निर्वाचन निष्पक्ष र स्वतन्त्र बनाउन सरकारले वातावरण बनाउनुपर्ने बताए।
- उनले आन्दोलनका हतियार फिर्ता गराउनुपर्ने कुरामा जोड दिए।
- रावलले पार्टी एकता सन्देश फैलाउन कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।
कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भिम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मङ्सिर १२ गते धनगढीमा आयोजना गर्न गइरहेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा नेता डा रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथा समयमा फिर्ता गराउनुपर्ने बताए ।
नेपाली जनतालाई निर्धक्कसँग उनीहरुको पेशा, व्यवसाय, राजनितिलगायत कुरा शान्तिपूर्ण रुपमा नेपालको संविधानले दिएको हक अधिकार बमोजिम उपभोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । पार्टी एकतापछि विभिन्न सन्देश जनसमुदायसम्म पु-याउन कार्यक्रम आयोजना गर्न लागिएको नेता रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण