कोशी प्रदेशमा चार महिनामा लैंगिक हिंसाका २८६ मुद्दा दर्ता
बिहीबार, ११ मङ्सिर २०८२, २० : ४९
सारांश
- कोशी प्रदेशमा चार महिनामा २८६ वटा लैङ्गिक हिंसाका मुद्दा दर्ता भए।
- प्रहरीका अनुसार २१४ मुद्दा फस्र्यौट भइसकेका छन्।
- जबरजस्ती करणी, बहुविवाह लगायतका मुद्दा दर्ता भएका छन्।
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता भएकामध्ये २१४ फर्स्योट भइसकेको जानकारी दिए ।
उनका अनुसार उत्त अवधिमा जबरजस्तीकरणीका १७८, बहुविवाहमा ३६ करणी उद्योगमा २७, बालयौन दुराचारका ३६, अवैध गर्भपतनका दुई, बोक्सी आरोपका एक, जातीय छुवाछूतका एक, मानव बेचविखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा ६९६ वटा मुद्दा फर्स्योट भएका थिए । आव २०८०/८१ मा ८८४ वटा मुद्दा दर्ता भएकोमा ७८४ वटा फर्स्योट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण