निष्पक्ष निर्वाचनका लागि शान्ति सुरक्षा सुदृढ हुनु आवश्यक: उपसभापति गुरुङ
सारांश
- उपसभापति गुरुङले निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने बताए।
- उनले ट्रेड युनियन प्रजातन्त्रको खम्बा भएको र कर्मचारीको आन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भएको बताए।
- कृषि विकास बैंकले किसानको हितमा काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सहयोग रहने बताए।
मोरङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकारले स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि शान्ति सुरक्षा सुदृढ गर्नुपर्ने बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, कृषि विकास बैंकको दुई दिने आठौँ केन्द्रीय परिषद् भेलाको बिहीबार विराटनगरमा उद्घाटन गर्दै उपसभापति गुरुङले दलहरूलाई कुनै अवरोधबिना आफ्ना गतिविधि गर्ने व्यवस्था भएमा मात्र निर्वाचन सफल एवं शान्तिपूर्ण रूपमा हुने धारणा राखे । ट्रेड युनियन प्रजातन्त्रको खम्बा भएको चर्चा गर्दै उनले कर्मचारीको ठुलो आन्दोलनका कारण मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएको धारणा राखे ।
कृषि विकास बैंकले किसानको हितमा कार्य गर्नुपर्नेमा उपसभापति गुरुङले जोड दिँदै यसमा सरकारको सधैँ साथ र सहयोग रहने विचार राखे । उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका मुलुकका महत्त्वपूर्ण भवन तोडफोड एवं आगजनी गर्ने कार्यमा जेनजीको कुनै संलग्नता नभएको भन्दै यस कार्यमा अन्य शक्ति लागेको आरोप लगाए ।
बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले कर्मचारीको वृत्तिविकासमा बैंक सदैव सकारात्मक रहेको बताए । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले निर्वाचनलाई सफल बनाउने जिम्मेवारी सरकारको रहेको बताए । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावल, वरिष्ठ उपाध्यक्ष सिद्धिलाल मगिया, कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष जानुका पौडेल, कर्मचारी सङ्घका महासचिव लेखनाथ घिमिरे, कर्मचारी सङ्गठनका अध्यक्ष इन्द्रमणि घिमिरेलगायतले कर्मचारीको वृत्तिविकास एवं करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा सुझाव दिए ।
अवसरमा उपसभापति गुरुङले सङ्घद्वारा प्रकाशित स्मारिका र गीत विमोचन गरेका थिए । परिषद्को भेलामा मुलुकका ७७ जिल्लाका ९०० कर्मचारीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण