शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चन्द्रपुरका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस भ्याक्सिन

शुक्रबार, १२ मङ्सिर २०८२, १० : ३७
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • चन्द्रपुर नगरपालिकाका ३२ जना सफाईकर्मीलाई निःशुल्क हेपाटाइटिस विरुद्धको खोप लगाइयो।
  • चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीको पहलमा सरसफाइ कर्मचारीलाई खोप लगाइएको हो।
  • मेयर सञ्जय कुमार काफ्ले लगायत अन्य विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति थियो।

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस रोगविरुद्धको भ्याक्सिन लगाइएको छ। चन्द्रपुर हस्पिटलका संस्थापक डाक्टर सुभाष चौधरीको पहलमा शुक्रवार बिहान एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको सरसफाइ विभागमा कार्यरत ३२ जना लाई निःशुल्क भ्याक्सिन लगाइएको हो । 

चन्द्रपुर स्थित होटलहरुलगायत विभिन्न सार्वजनिक स्थानका फोहर मैला व्यवस्थापन गर्दा सरसफाइ विभागका कर्मचारीहरू लाई हेपाटाइटिस रोग लाग्ने उच्च जोखिममा रहेकोले चन्द्रपुर अस्पताल प्रालिले निःशुल्क भ्याक्सिन उपलब्ध गराएको डाक्टर चौधरीले जानकारी दिए।

रोग विरुद्धको खोप लगाइएपछि सुरक्षित, प्रभावकारी र दीर्घकालीन सुरक्षा प्रदान गर्ने डाक्टर चौधरीले बताएका छन्।

उक्त अवसरमा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्ले, डाक्टर सुभाष चौधरी, डाक्टर सुजन शर्मा, डाक्टर अमित चौधरी, डाक्टर दीपक साह, लगायत नगरका कर्मचारी तथा स्थानीय भद्र भलादमीको सहभागिता रहेको थियो।

विश्वभर ३२ करोड ५० लाख व्यक्ति हेपाटाइटिस रोग बाट ग्रसित छन् भने  १० जना मध्ये ९ जना यो रोगबाट अनभिज्ञ रहेको  डाक्टर सुभाष चौधरीले सम्बोधनको क्रममा बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप