पाकिस्तानद्वारा इमरान खानको स्वास्थ्यबारे फैलिएका सबै अटकलबाजी अस्वीकार
इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पीटीआईका वरिष्ठ नेताहरूले पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उनी ‘पूर्ण रूपमा ठिक रहनुभएको’ बताएका छन् । उनको स्वास्थ्य बिग्रिएको दाबीहरूलाई डनसँग कुरा गर्दै दुवै पक्षले अस्वीकार गरेका हुन् ।
यद्यपि, पिटिआई नेतृत्वले परिवारका सदस्य र कानूनी सल्लाहकारलाई तीन हप्ताभन्दा बढी समयदेखि भेट्न नदिइएका कारण चिन्ता बढिरहेको बताउँदै अदियाला जेलमा रहेका पार्टी संस्थापकसँग भेटका लागि अनुरोध नवीकरण गरेको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा १४ वर्ष जेल सजाय भोगिरहेका इमरानलाई भेट्न माग गर्दै परिवार तथा कार्यकर्ताहरूले पछिल्ला दिनमा जेल बाहिर प्रदर्शन गरिरहेका छन् । पीटीआईको प्रतिनिधिमण्डल आज फेरि जेल पुगे पनि प्रवेश अनुमति दिइएन ।
७३ वर्षीय इमरानलाई उच्च सुरक्षा सुविधा रहेको स्थानमा सार्न सकिने विषयमा सामाजिक सञ्जालमा चर्को चर्चा फैलिएको छ, जसले अनलाइनमा ‘इमरान खान कहाँ हुनुहुन्छ ?’ भन्ने प्रश्नलाई अत्यधिक चर्चा दिलाएको छ । गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।
एआरवाई न्युजसँग कुरा गर्दै प्रधानमन्त्रीका सल्लाहकार सनाउल्लाहले इमरानको स्वास्थ्यबारे जनाइएको चिन्ता निराधार भएको बताए । उनका अनुसार चिकित्सकहरूको टोलीले दैनिक तथा साप्ताहिक रूपमा स्वास्थ्य परीक्षण गर्दै औषधि, आहार तथा आवश्यक सुविधाहरू व्यवस्थापन गरिरहेको छ । उनले इमरान अदियाला जेलमै रहेको र स्थानान्तरणबारेका खबर गलत भएको स्पष्ट पारेका छन् ।
पीटीआईका वरिष्ठ नेता तथा सिनेटर अली जफरले डन न्युज टिभीमा बोल्दै यी दाबीहरू आधारहिन भएकाे बताए । उनले नेतृत्वले तुरुन्तै भेटको व्यवस्था मिलाइनुपर्ने जोड दिँदै इमरानलाई प्रत्यक्ष भेटेर मात्रै आम जनतालाई आश्वस्त गर्न सकिने बताए । पीटीआईले यो मुद्दा सिनेटमा समेत उठाएको र गृहराज्यमन्त्री तलाल चौधरीलाई भेटको अनुमति दिन आग्रह गरिएको पनि बताइएको छ ।
पीटीआईका केन्द्रीय सूचना सचिव वकास अकरमले समेत इमरानबारे ‘भ्रामक कथा’ फैलाइएको भन्दै सरकारले उहाँलाई कुनै हानि पुर्याउन नसक्ने दाबी गरे । जियो न्युजमा आन्तरिक राज्यमन्त्री चौधरीले पनि अटकलबाजी पूर्ण रूपमा झुटो भएको बताउँदै ‘उहाँको स्वास्थ्य ठिक छ’ भन्ने जानकारी पुनः दोहोर्याए ।
यसैबिच, पीटीआई नेताहरू र परिवारका सदस्यहरूले इमरानको उमेर र सुरक्षा परिस्थितिको संवेदनशीलताबारे चिन्ता जनाइरहेका छन् । कान्छा छोरा कासिम खानले सामाजिक सञ्जालमा लेख्दै बुबालाई डेथ सेलमा एकान्तमै राखिएको र अदालती आदेश हुँदाहुँदै पनि नियमित भेट अनुमति नदिइएको आरोप लगाएका छन् । उनले कुनै फोन, कुनै भेट, कुनै प्रत्यक्ष सूचना नपाइएको भन्दै ‘पूर्ण ब्ल्याकआउट’ जस्तै अवस्था भएको उल्लेख गरेका छन् ।
कासिमले अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार संस्थाहरूलाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै इमरान खानको जीवनको प्रमाण, भेटको अनुमति कार्यान्वयन र ‘अमानवीय एकान्त कारावास’ अन्त्य गर्न आग्रह गरेका छन् । उनका अनुसार इमरानलाई केवल राजनीतिक कारणले मात्र कैद गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण