प्रधानमन्त्री कार्कीसँग खेलकुद परिषद्का सदस्यसचिवको विदाइ भेट
शनिबार, १३ मङ्सिर २०८२, ०० : ३१
सारांश
- राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरे ।
- प्रधानमन्त्री कार्कीले घिसिङको योगदानको प्रशंसा गर्दै शुभकामना दिए ।
- कार्यक्रममा गृहमन्त्री, युवा तथा खेलकुदमन्त्री लगायतको उपस्थिति थियो ।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् ।
परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिएको योगदानको सराहना गर्दै आगामी सुखद् जीवनका लागि शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सदस्यसचिव घिसिङको पदावधि यही मङ्सिर १३ गते सकिँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण