प्राइड क्यासिनोबाट १४ करोड लुटेको आरोपमा दुईजना पक्राउ
सारांश
- प्रहरीले काठमाडौंको हायात रिजेन्सीस्थित प्राइड क्यासिनोबाट रकम लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी 'रणे' रहेका छन्, उनीहरुले क्यासिनोबाट १४ करोड लुटेका थिए।
- उनीहरूले क्यासिनोमा खुकुरीसहित प्रवेश गरी लुटपाट गरेको र यसअघि भारतीय परिचयपत्र बनाएर नेपालीलाई प्रवेश गराएको आरोप छ।
काठमाडौँ । बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा सञ्चालित प्राइड क्यासिनोबाट रकम लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो ।
लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’ छन् । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
गुण्डागर्दी पृष्ठभूमिका सेट्टी र रणेले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । उनीहरुले क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्दै आएका उनीहरुले यसअघि क्यासिनोमा भारतीयको परिचयपत्र बनाएर नेपालीलाई प्रवेश गराउने गरेको आरोप छ । बौद्ध क्षेत्रमा उनीहरुले हप्ता असुली समेत गर्ने गरेको स्थानीयहरू बताउँछन् ।
होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण