हायात होटल आगजनी र तोडफोड गर्नेहरूमाथि अनुसन्धान गर्न प्रहरीमा जाहेरी
सारांश
- बौद्धस्थित हायात रिजेन्सी होटलमा भएको आगजनी र लुटपाटबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिइएको छ।
- भदौ २४ मा भएको प्रदर्शनमा होटलमा तोडफोड र आगजनी हुँदा एक भारतीय पर्यटकको मृत्यु भएको थियो।
- होटल सञ्चालकले ५४ करोडको क्षति भएको दाबी गर्दै आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गरेका छन्।
काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित पाँचतारे होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ । होटलले जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
भदौ २४ मा आक्रोशित समूहले होटल हायातमा तोडफोड र आगजनी गरेका थिए । होटलमा लुटपाट समेत भएको प्रहरीमा बुझाइएको जाहेरीमा उल्लेख छ । प्रदर्शनकारीले आगजनी गरेपछि भाग्ने क्रममा होटलमा बस्ने एकजना भारतीय महिला पर्यटकको पनि मृत्यु भएको थियो ।
प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट करिब ५४ करोड क्षति भएको होटल सञ्चालकले दाबी गरेका छन् । होटल सञ्चालकले आगजनी र लुटमा संलग्नहरूबारे अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
जेनजी प्रदर्शनमा भएको आगजनी र तोडफोडबारे अनुसन्धान गर्न सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र महान्यायाधिवक्ताको कार्यालयले पनि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका छन् । एसएसपी थापाले भने, ‘जाहेरी आइरहेको छ, अराजक गतिविधिमा संलग्नहरूमाथि हामीले अनुसन्धान गरिरहेका छौँ ।’
दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले प्रहरी वृत्त सोह्रखुट्टेमा जाहेरी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण