एनपीएल : प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै
सारांश
- लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्यो र प्लेअफको सम्भावना जीवितै राख्यो।
- लुम्बिनीले जितसँगै अंक तालिकामा सुधार गर्दै पाँचौ स्थान ओगट्यो, जसमा चार अंक छ।
- पोखरा पराजित भएपनि प्लेअफको दौडमा कायमै छ, किनभने उसले हालसम्म एक खेल जितेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।
पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लियो ।
आजको हार भएपनि पोखराको पनि प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेकाे छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा गर्याे । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए भने निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।
पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुई÷दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण