रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै
सारांश
- रूसको आक्रमणले किएभमा सात जना घाइते भए र शहरमा क्षति पुग्यो।
- हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारियो र मेयरले नागरिकलाई सुरक्षित रहन आग्रह गरे।
- विभिन्न बस्ती क्षेत्रमा आगलागी भयो र सात जनाको मृत्यु भयो।
किएभ । रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा ७ जना घाइते भएका छन् । मध्यरातपछि शहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएकाे थियाे ।
किएभको सैनिक प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले विपक्षीका उड्ने यन्त्रहरू राजधानी वरपर देखिएका र हवाई प्रतिरक्षा दलले तिनको विरुद्ध सक्रिय रूपमा प्रतिक्रिया जनाएकाे बताएका छन् ।
किएभका मेयर विताली क्लिच्कोले आक्रमणका क्रममा सबै नागरिकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन् । उनका अनुसार राजधानीमा ७ जना घाइते भएका छन् । जसमा ४ जनालाई उपचारका लागि अस्पताल लगिएकाे जनाइएकाे छ । घाइतेमध्ये १३ वर्षे एक बालक पनि रहेको उनले जानकारी दिए ।
आक्रमणका कारण सहरका केही आवासीय क्षेत्रमा रहेका घर र सवारी साधनमा क्षति पुगेकाे स्थानीय अधिकारीहरूले बताएका छन् । याे साता रातको समयमा भएका यस्तै प्रहारका कारण किएभका विभिन्न बस्ती क्षेत्रमा आगलागी भएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण