अलाभेसविरुद्ध बार्सिलोना विजयी
शनिबार, १३ मङ्सिर २०८२, २३ : ०६
सारांश
- बार्सिलोनाले स्पेनिस ला लिगामा अलाभेसविरुद्ध ३-१ गोलले जित हासिल गर्यो।
- बार्सिलोनाका लागि लामिन यामाल, डानी ओल्मोले गोल गरे।
- जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौँ । स्पेनिस ला लिगामा अलाभेसविरुद्ध बार्सिलोना विजयी भएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ३–१ ले पराजित गरेको हो।
बार्सिलोनाका लागि लामिन यामालले ८ औँ मिनेटमा गोल गरे भने डानी ओल्मोले २६औँ र इन्जुरी समय गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
अलाभेसका लागि खेलको पहिलो मिनेटमै पाब्लो इबानेजले गोल गरेका थिए।
बार्सिलोनाको प्रभावशाली जितसँगै टोलीले तीन महत्त्वपूर्ण अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण