एमाले कास्कीबाट प्रतिनिधि छनोट : सर्वसम्मतको नाममा जबरजस्ती प्रयास
सारांश
- नेकपा एमाले कास्कीले ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा विवाद उत्पन्न भएको छ।
- प्रतिनिधि छनोटमा सहमति जुटाउन नसक्दा केन्द्रीय सदस्यहरूलाई जिम्मा दिइयो, तर उम्मेदवारहरूले नाम फिर्ता लिन मानेनन्।
- विभिन्न क्षेत्रबाट छानिएका प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको छ, तर यस प्रक्रियामा असन्तुष्टि जनाइएको छ।
पोखरा । नेकपा एमाले कास्कीले ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट टुङ्ग्याउने तयारीमा छ । लामो रस्साकस्सी र विरोधका बिच सर्वसम्मतका नाममा जबरजस्ती प्रतिनिधि आन्तरिक रूपमा छनोट गरिएको उम्मेद्वारहरुले बताएका छन् । यहाँबाट २३ जना प्रतिनिधि चाहिनेमा १ सय २२ जनाले मनोनयन दर्ता गराएका थिए ।
धेरै उम्मेदवार परेपछि एमालेको अन्तरपार्टी निर्देशन (अपानी) विपरीत केन्द्रीय सदस्यहरूलाई मिलाउने जिम्मा दिइएको थियो । केन्द्रीय सदस्यहरू खगराज अधिकारी, जगत विक र जिल्ला इन्चार्ज कृष्ण थापालाई मिलाउने जिम्मा दिइएकोमा उनीहरुले सर्वसम्मतको प्रयास गरेका थिए ।
तर उम्मेद्वारहरुले नाम फिर्ता लिन नचाहेपछि जबरजस्ती गरिएको एक उम्मेदवारले बताए । ‘अन्तरपार्टी निर्देशन विपरीत केन्द्रीय सदस्यलाई प्रतिनिधि छनोटको जिम्मा दिइयो । निर्देशनमा जिल्ला कमिटीले नै सबै व्यवस्थापन गर्नुपर्ने हो,’ ती नेता भन्छन्, ‘कास्कीमा प्रतिनिधि छनोट विधिको उल्टो भयो ।’ नयाँहरूलाई प्रवेश गर्न रोक्ने गरी एमालेले पुरानै नेताहरूलाई प्रतिनिधि बनाएको उनी बताउँछन् ।
कास्की निर्वाचन क्षेत्र १ बाट खुलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी, सचिव दर्शन लामा, प्रदेश सांसद बेदबहादुर गुरुङ र टिकाराम पङ्गेनी छनोट भए । युवामा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा चयन हुँदा महिलामा रक्षा भट्टराई र विजया सुवेदी चयन भइन् ।
क्षेत्र नम्बर २ बाट खुलामा रामप्रसाद खनाल, तेजनारायण अधिकारी, रश्मि आचार्य र भेषराज बरालको नाम टुङ्गिएको छ । युवाबाट विजय पौडेल, महिलामा सिर्जना शर्मा र हिरा गिरी छनोट भएका छन् । क्षेत्र नम्बर ३ मा खुलातर्फ माधव बास्तोला, दिपक पौडेल, जगन्नाथ बास्तोला र लालबहादुर परियार, युवामा भरतमान गुरुङ तथा महिलामा शोभा पहारी र गीता विश्वकर्माको नाम टुङ्गो लागेको एमालेले जनाएको छ ।
कास्कीबाट उत्पीडित क्लस्टरमा दुईजनाको नाम परेको छ । प्रेम विश्वकर्मा र दामबहादुर विश्वकर्मा क्लस्टरबाट चयन भएका हुन् । शनिबार मतदानको तालिका सार्वजनिक गरेर विरोधका बिच सर्वसम्मतको नाममा जबरजस्ती गरिएको धेरै प्रतिनिधिहरूको गुनासो छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत पनि छनोटको प्रक्रियामा विरोध जनाएका छन् ।
आन्तरिक रूपमा नाम टुंगाएपनि सार्वजनिक गरिएको छैन । कास्कीमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराब छ । उनीहरूकै कुरा नमिल्दा प्रतिनिधि छनोटमा विलम्ब भएको थियो । तर, अहिले फरक गुट हाबी हुन लागेपछि अवस्था फरक बनेको बताइएको छ । अहिले दुवै टिमबाट पर्ने गरी प्रतिनिधिको नाम टुङ्गो लगाइएको हो । कास्कीमा पछिल्लो समय पद्मा अर्यालको पनि आफ्नै गुट छ । जिल्ला तहमा झरेपछि कृष्ण थापा, राजीव पहारी, जगत विश्वकर्माको पनि फरक उपगुट छ । प्रदेश तहमा भने अधिकारी र गुरुङको चर्को प्रतिस्पर्धा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण