बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले चितवनबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन, को–को परे ?

आइतबार, १४ मङ्सिर २०८२, ११ : ४०
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • नेकपा एमाले चितवनले ११औँ महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गरेको छ।
  • क्षेत्र नम्बर १, २ र ३ बाट विभिन्न व्यक्तिहरू निर्विरोध चयन भएका छन्।
  • उत्पीडित क्लस्टरबाट श्यामलाल विक सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।

चितवन । नेकपा एमाले चितवनले आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ ।  तीन वटा निर्वाचन क्षेत्र र उत्पीडित क्लस्टरबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको हो । चितवन क्षेत्र नम्बर–१ बाट खुल्ला, महिला र युवा गरी कुल ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जसमा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्दप्रसाद कँडेल र जगन्नाथ आचार्य रहेका छन् । 

उनीहरू खुल्ला तर्फबाट प्रतिनिधि छनौट भएका हुन् । महिला क्लस्टरबाट चन्द्रदेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी, युवा तर्फको क्लस्टरमा उत्तम सेढाईं चयन भएका छन् । सेढाईं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका स्वकीय सचिव हुन् ।

चितवन क्षेत्र नम्बर– २ बाट पनि ९ जना प्रतिनिधिहरू निर्विरोध चयन भएका छन् । जसमा खुल्ला तर्फको क्लस्टरबाट डा.तिलचन्द्र भट्टराई, तेजेन्द्रबहादुर खड्का, शङ्कर अधिकारी, केशव लामा र पद्मपाणि सुवेदी रहेका छन् भने महिला क्लस्टरमा विमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ रहेका छन् । युवा क्लस्टरमा प्रकाश आचार्यलाई प्रतिनिधि बनाइएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर– ३ बाट ६ जना प्रतिनिधि सर्वसम्मत भएका छन् । खुल्ला तर्फबाट रामप्रसाद न्यौपाने, प्रकाश ढुङ्गाना र कृष्णप्रसाद भुर्तेल चयन भएका छन् । न्यौपाने एमाले चितवनका पूर्वअध्यक्ष हुन् भने भुर्तेल बागमती प्रदेशसभाका पूर्व सांसद हुन् ।

महिला क्लस्टरमा सरस्वती विष्ट र निशा अधिकारी प्रतिनिधि भएका छन् भने युवातर्फ प्रकाश भट्ट प्रतिनिधि बनेका छन् । चितवनमा उत्पीडित क्लस्टर (दलित) बाट श्यामलाल विक सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् ।

a (1)bcd

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप