नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
आइतबार, १४ मङ्सिर २०८२, १३ : ४८
सारांश
- घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्ष बनेका छन्।
- पार्टी एकता बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
- एकीकृत पार्टीले भ्रष्टाचारविहीन देश र समाजको परिकल्पना गरेको छ।
काठमाडौँ । नेता घनश्याम भुसाल नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्ष बनेका छन् । आइतबार बसेको एकता बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको नेता नन्द बञ्जाडेले जानकारी दिए ।
भुसालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबिच बिहीबार पार्टी एकता घोषणा गरिएको थियो । एकता घोषणापछि बसेको बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
एकताअघि नेकपा संयुक्तको नेतृत्व पुराना नेता चन्द्रदेव जोशीले गर्दै आएका थिए । एकीकृत पार्टीले भ्रष्टाचारविहीन देश र समाजको परिकल्पना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण