एचआईभी संक्रमितको संख्या घट्दै
काठमाडौँ । नेपालमा एचआईभी संक्रमितको संख्या विस्तारै घट्न थालेको सरकारी तथ्यांकले देखाएको छ ।
विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमान भन्दा संक्रमण घटेको जानकारी दिए ।
उनले हाले सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको बताए ।
सरकारी तथ्यांक अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ ।
डा शर्माले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेको बताए । अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको उनले बताए ।
निर्देशक डा शर्माका अनुसार नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ । डा शर्माले आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण