श्रीलंकामा समुन्द्री आँधीपछिको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा समुन्द्री आँधीपछि आएको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । २०० जना भन्दा बढी मानिस बेपत्ता र २० हजार भन्दा बढी घर क्षतिग्रस्त भएको त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
श्रीलंका अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ । १ लाख ८ हजार मानिसलाई अस्थायी शिविरहरुमा राखिएको छ । दित्वाह नामको समुन्दी आँधीपछि श्रीलंकामा आपतकाल घोषणा गरिएको छ ।
देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प छ । केलानी नदीको पानीको स्तर द्रुत गतिमा बढ्दै जाँदा त्यस क्षेत्रका मानिसलाई अन्यत्र सार्न सरकारले निर्देशन दिएको छ । मृत्यु हुनेमा क्यान्डी र बदुल्ला क्षेत्रमा धेरै छन् । अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ ।
श्रीलंकाली सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि आग्रह गरेको छ । प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न विदेशमा रहेका श्रीलंकालीहरूलाई पनि आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण