मायादेवी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादवले स्वास्थ्य कार्यक्रमका लागि लिएको पेश्की रकम हिनामिना गरेको आरोप छ।
- आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको अवधिमा ४६ लाखभन्दा बढी रकमको बिल पेश नगरी हिनामिना गरेको आरोप लागेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित ७ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकामा कार्यरत अधिकृत छैठौं महेन्द्र प्रसाद यादवले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेश नगरी हिनामिना गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो।
यादवले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म पटक-पटक लिएको पेश्कीमध्ये रु. छयालीस लाख सात हजार तीन सय रकम बराबरको बिल भरपाई पेश नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको आयोगको भनाइ छ ।
पुरानो पेश्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेश्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव विरुद्ध पनि मुद्दा दायर गरेको छ।
त्यस्तै, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई पनि विपक्षी बनाई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
आयोगले आरोपीहरूबाट हिनामिना भएको बिगो रकम असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण