जनकपुर–ढल्केवर सडकखण्डको तीन स्थानमा आकाशे पुल बन्ने
जनकपुरधाम । जनकपुर–ढल्केवर ६ लेन व्यापारिक राजमार्गअन्तर्गत धनुषाका तीन स्थानमा आकाशे पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।
पैदल यात्रुहरूको बढ्दो चाप र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय मुजेलियाले करिब १० करोड ५० लाख रुपैयाँ लागतमा तीन वटा आकाशे पुल निर्माण सुरु गरेको हो ।
सडक डिभिजन कार्यालय, जनकपुरधामका इन्जिनियर उज्जवल झाका अनुसार लक्ष्मिनिया, महिला विकास चोक र सखुवा चोकमा एक महिनाअघि नै माटो खनिनेदेखि पिलर निर्माणसम्मको काम अगाडि बढिसकेको छ ।
‘पैदल यात्रुको अत्यधिक दबाब रहने स्थान भएकाले यहाँ आकाशे पुल अत्यावश्यक थियो । कामलाई समयमै पूरा गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको उनले बताए ।
तीनवटै पुल फरक–फरक लागतमा निर्माण भइरहेका छन्। लक्ष्मीनिया बजारमा ३ करोड ४२ लाख रुपैयाँ, क्षीरेश्वरनाथ नगरपालिकास्थित महिला विकास चोकमा ३ करोड ३५ लाख रुपैयाँ तथा सखुवा चोकमा ३ करोड ४५ लाख रुपैयाँ लागतमा आकाशे पुल बन्नेछ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म तीनै पुलको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्राविधिक विवरणअनुसार निर्माणाधीन सबै पुलको उचाइ ५.६ मिटर, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुनेछन् । पुल सञ्चालनमा आएपछि सडक क्रस गर्ने पैदल यात्रुलाई सहज हुने, भीडभाड कम हुने र सडक दुर्घटनामा उल्लेख्य कमी आउने विश्वास कार्यालयले लिएको छ ।
स्थानीयवासीले आकाशे पुल निर्माणलाई स्वागत गर्दै अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केवर सडकखण्डमा यसको प्रयोगले सहरको सौन्दर्यीकरणसँगै ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण