कैलालीबाट एमालेका २६ प्रतिनिधि चयन, कतै निर्वाचन त कतै सर्वसम्मत
सारांश
- कैलालीबाट नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि छनोट भएका छन्।
- प्रतिनिधि सभाका ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा १४ पुरुष र १२ महिला महाधिवेशन प्रतिनिधि छानिएका हुन्।
- क्षेत्र नं १, ४ र ५ मा निर्वाचन प्रक्रियाबाट र क्षेत्र नं २, ३ तथा दलित कोटामा सर्वसम्मत प्रतिनिधि चयन गरियो।
धनगढी । सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीबाट नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि छनोट भएका छन् ।
प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट १४ पुरुष र १२ महिला गरी कुल २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
प्रतिनिधि छनोटका क्रममा क्षेत्र नं १, ४ र ५ मा निर्वाचन प्रक्रिया अपनाइएको थियो भने क्षेत्र नं २, ३ र दलित कोटामा सर्वसम्मत (निर्विरोध) रूपमा प्रतिनिधि चयन गरिएको छ।
कहाँ को निर्वाचित ?
शनिबार भएको निर्वाचनमा क्षेत्र नं १ बाट खुलातर्फ द्वारिकाप्रसाद न्यौपाने र ध्रुवराज खत्री, महिलामा कमला शाही चौधरी तथा युवा प्रतिनिधिमा लक्ष्मी आचार्य विजयी भएका छन्। त्यस्तै, निर्वाचन भएको क्षेत्र नं ४ मा खुलातर्फ चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा, महिलातर्फ रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवामा सुद्धिराम चौधरी निर्वाचित भए।
क्षेत्र नम्बर ५ मा भएको निर्वाचनबाट खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना, महिलातर्फ अम्बिका विष्ट मल्ल र रुक्मिणी देवकोटा एवं युवा प्रतिनिधिमा तिर्थराज भट्टराई निर्वाचित भएका छन्।
क्षेत्र नं २ मा सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। जसमा कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही तथा युवामा पवित्राकुमारी माझी छन्। क्षेत्र नं ३ मा चुल्लुराम चौधरी, करुणा बम, महिलामा इच्छा चौधरी र युवा प्रतिनिधिमा राजबहादुर बुढा सर्वसम्मत छानिएका छन्।
यसैगरी, जिल्लाभरिको दलित कोटाबाट भानसिंह विक, प्रेम भूल र सावित्रा घिमिरे महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। एमाले जिल्ला सचिव ममताप्रसाद चौधरीका अनुसार कैलालीमा एमालेका १३ हजार ३६० जना सङ्गठित सदस्य रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण