कर्णालीको एकता सन्देश सभा मंसिर २७ गते सारियो
सोमबार, १५ मङ्सिर २०८२, ०० : ४३
सारांश
- नेकपा कर्णाली प्रदेश समितिले मंसिर १८ गते सुर्खेतमा गर्ने भनेको एकता सन्देश सभा स्थगित गर्यो।
- केन्द्रीय नेतृत्वको व्यस्तता र पूर्णिमा मेलाका कारण सभा सारिएको बताइएको छ।
- स्थगित सभा अब मंसिर २७ गते वीरेन्द्रनगरमा हुनेछ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समितिद्वारा मंसिर १८ गते सुर्खेत, वीरेन्द्रनगरमा आयोजना हुने भनिएको एकता सन्देश सभा स्थगित गरिएको छ। पार्टीका केन्द्रीय नेतृत्वको कार्य व्यस्तता तथा सोही दिन कर्णाली प्रदेशका विभिन्न स्थानमा परम्परागत पूर्णिमा मेला र सांस्कृतिक पर्वहरू पर्ने भएकाले सभा सारिएको प्रदेश समितिले जनाएको हो ।
स्थगित गरिएको एकता सन्देश सभा मंसिर २७ गते (शनिवार) सोही स्थान, वीरेन्द्रनगरमा आयोजना गरिने मूल व्यवस्थापन समितिका संयोजक काली बहादुर मल्लले जनाकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण