मौद्रिक नीति
बाढी प्रभावित उद्यमीलाई राहत : १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना गर्न पाउने
सोमबार, १५ मङ्सिर २०८२, ११ : १०
सारांश
- नेपाल राष्ट्र बैंकले बाढीपहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने घोषणा गरेको छ।
- राष्ट्र बैंकले इलाम लगायतका बाढी प्रभावित जिल्लाका ऋणीहरूलाई सहुलियत दिने भएको छ।
- ऋणीहरूले १० प्रतिशत ब्याज तिरेर कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न सक्नेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई लक्षित गर्दै राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै इलाम लगायत बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।
मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘हालैको बाढी/पहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एक पटकको लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण