सहरी क्षेत्रका शाखा मर्ज गर्न बैंकलाई अनुमति
सोमबार, १५ मङ्सिर २०८२, ११ : २२
सारांश
- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै शहरी क्षेत्रका शाखा कार्यालय मर्ज गर्न सक्ने व्यवस्था गरेको छ।
- यसअघि बैंकको शाखा स्वतन्त्र रूपमा मर्ज गर्न नपाइने व्यवस्था थियो, तर अब यो परिवर्तन भएको छ।
- विद्युतीय भुक्तानीको बढ्दो प्रयोग र महानगरपालिकामा धेरै शाखा भएको सन्दर्भमा यो निर्णय लिइएको हो।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो ।
यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गरेको थियो ।
अहिले विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दभ सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण