लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
सारांश
- काठमाडौं, मोरङ, कैलाली लगायतका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्।
- प्रहरीले काठमाडौं, मोरङ, रौतहट, कैलाली, सुनसरी, चितवन र दाङ लगायतका स्थानबाट लागुऔषध बरामद गरेको छ।
- पक्राउ पर्नेहरू ब्राउन सुगर, गाँजा र ट्रामाडोलसहित विभिन्न लागुऔषध ओसारपसारमा संलग्न थिए।
काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ पक्राउ परेका छन् । काठमाडौँ, मोरङ, कैलाली लगायतका जिल्लाबाट लागू औषधसहित १६ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रुपैयाँसहित सिन्धुली मरिण गाउँपालिका–७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ भसन्थलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–४ पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका–११ घर भएका २४ वर्षीय दीपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र. ०३–००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यस्तै मोरङको रतुवामाई नगरपालिका–२ डोरियाबाट ब्राउनसुगरजस्तो देखिने ४ ग्राम १० मिलिग्राम पदार्थसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–१ बस्ने २३ वर्षीय दीपेश धिमाल र ३३ वर्षीय पूर्णबहादुर जोगी रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४७ प ८००२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका–४ सुन्दर बस्ती टोल बस्ने ३३ वर्षीय सुमन तामाङ योन्जनलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ५० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१० बाट ब्राउनसुगर जस्तो देखिने करिब २ ग्राम ५ सय ४० मिलिग्राम पदार्थसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराबाट खैरो हेरोइनजस्तो देखिने ३ सय १० मिलिग्राम पदार्थसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी १९ वर्षीय विश्राम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता झापाको झापा गाउँपालिका– ४ लसुनाबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम २५ मिलिग्राम पदार्थसहित शिवसताक्षी नगरपालिका–११ बस्ने २६ वर्षीय निशान न्यौपानेसमेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका–७ बत्तीस टोलबाट ८७ ट्याब्लेट र स्पास्पेन ८८ ट्याब्लेट ट्रामाडोल सहित सोही नगरपालिका–६ ठाकुरबारी बस्ने पर्वत मोदी गाउँपालिका–६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता चितवनको भरतपुर महानगरपालिका–१७ गोब्रेनीबाट खैरो हेरोइनजस्तो देखिने करिब १ ग्राम ३ सय ३० मिलिग्राम पदार्थसहित सोही महानगरपालिका–१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनकै भरतपुर महानगरपालिका–१८ सिमरी टाउन चोकबाट खैरो हेरोइनजस्तो देखिने करिब २ ग्राम ८ सय ९० मिलिग्राम पदार्थसहित सोही महानगरपालिका–१७ बस्ने ३७ वर्षीय अमिर गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका- १४ मिलन चोक बस्ने २४ वर्षीय विशाल बुढा मगर र सोही उपमहानगरपालिका– १५ दीपशिखा चोक बस्ने २७ वर्षीय भीमसेन थापा मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण