बाढीको चपेटामा इन्डोनेसिया, मर्नेको सङ्ख्या ५०२ पुग्यो
सोमबार, १५ मङ्सिर २०८२, १४ : ४०
सारांश
- इन्डोनेसियामा समुद्री आँधीका कारण आएको बाढीले ५०२ जनाको मृत्यु भएको छ।
- बाढीमा ५०८ जना बेपत्ता छन् भने २ हजार ५०० मानिस घाइते भएका छन्।
- इन्डोनेसियाका राष्ट्रपतिले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए।
जाकर्ता । समुद्री आँधीका कारण आएको भारी वर्षा पछिकाे बाढी पहिरोमा परेर इन्डोनेसियामा मर्नेको सङ्ख्या दिनदिनै बढिरहेको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म बाढीमा परेर ५०२ जनाको मृत्यु भएको छ । अरू ५०८ जना बेपत्ता छन् भने २ हजार ५०० मानिस घाइते भएका छन् ।
इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए । बीबीसी संवाददाता निकी विडाडियोका अनुसार पश्चिम सुमात्राका धेरै क्षेत्रमा अझै पनि प्रमुख सहरहरूबाट सम्पर्कविहीन बनेको छ ।
बाढी प्रभावित क्षेत्रमा विद्यार्थीका लागि अनलाइन कक्ष सञ्चालन भइरहेको छ । केही क्षेत्रमा पाँच दिनदेखि मोबाइल सिग्नल ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण