बङ्गलादेशको अर्को अदालतले सुनायो हसिनालाई जेल सजाय
सारांश
- बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोगको आरोपमा ५ वर्षको जेल सजाय सुनायो।
- अदालतले हसिनाकी बहिनी र अन्यलाई पनि विभिन्न सजाय सुनाएको छ।
- भ्रष्टाचार विरोधी आयोगले जग्गा अधिग्रहण गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो।
ढाका । बङ्गलादेशको अर्को एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको छ । बीबीसी बङ्गलाका अनुसार सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले उनलाई जेल सजाय सुनाएको हो ।
अदालतले उनकी बहिनी शेख रिहानालाई ७ वर्षको कठोर कारावासको सजाय सुनाएको छ । रिहानाकी छोरी टयुलिप रिजवाना सिद्दीकीलाई पनि २ वर्षको कठोर कारावास र १ लाख टाका जरिवानाको सजाय सुनाएको छ । अदालतले हसिना, रिहाना र टयुलिपसहित १७ जनाविरुद्ध फैसला सुनाएको थियो ।
भ्रष्टाचार विरोधी आयोगले पुरबाचल नयाँ सहर परियोजनाका लागि सरकारी जग्गा लिएको आरोपमा मुद्दा दर्ता गरेको थियो । यस मुद्दामा यी तीन जनाबाहेक पूर्व आवास र लोक निर्माण राज्यमन्त्री सरिफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय राजुक र प्रधानमन्त्री कार्यालयका १४ जना अधिकारीहरूलाई पनि अभियुक्त बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण