कार्यवाहक निर्वाचन आयुक्त भण्डारी र राष्ट्रियसभा अध्यक्षबिच भेटघाट
सारांश
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरे।
- भेटमा, उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी गराए।
- अध्यक्ष दाहालले निर्वाचन आयोगको कामको प्रशंसा गर्दै राष्ट्रिय सभाले आवश्यक सहयोग गर्ने बताए।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आयुक्त भण्डारीले भेट गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।
भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको बारेमा जानकारी दिएका हुन् । साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामको बारेमा पनि जानकारी गराएको दाहालको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा सम्माननीय अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहौल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताएका थिए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण