झिनो अंकले घट्यो बजार, ५ कम्पनीमा सकारात्मक सर्किट
सारांश
- मंगलबार सेयर बजार परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा बन्द भयो।
- आज ४ अर्ब ४८ करोड बराबरको सेयर कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढ्यो।
- पाँचवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्यो।
काठमाडौं । सेयर बजार परिसूचकमा झिनो अंकको गिरावट आएको छ। साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा बन्द भएको हो । बजार आज ४ अर्ब ४८ करोडको सेयर कारोबार भएको छ ।
आज कुल ३२४ वटा धितोपत्रको १ करोड ८ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड १३ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ । ११९ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार झिनो अंकले घटेपनि लगानीकर्ताका लागि भने केही कम्पनीले उत्साहजनक प्रतिफल दिएका छन् । आजको कारोबारमा पाँचवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यसरी सर्किट लाग्ने कम्पनीहरुमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माविलुङ इनर्जी र बुगल हाइड्रोपावर रहेका छन् ।
बजारमा सामान्य गिरावट भए पनि आज बजारमा आठवटा समूहका परिसूचक बढेका छन् । बैंकिङसहित पाँच परिसूचकमा मात्रै गिरावट आएको छ । घटबढ भएका सबै समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर ३१ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण