बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने
मङ्गलबार, १६ मङ्सिर २०८२, २० : ३९
काठमाडौँ । फोनपे नेटवर्कले प्रकोप रिकभरी ड्रिल सञ्चालन गर्ने कारण देखाउँदै इसेवाका केही सेवा पाँच घण्टाका लागि अवरुद्ध हुने जनाएको छ ।
इसेवाले मंगलबार दिउँसो एक सूचना जारी गर्दै मंसिर १७ गते राति अर्थात् बुधबार बिहान १२ः३० बजेदेखि बिहान ५ः३० बजेसम्म फोनपेका सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने जनाएको हो ।
यो ड्रिल फोनपे नेटवर्कको प्रणालीलाई थप सुदृढ बनाउन र भविष्यमा आउन सक्ने सम्भावित प्रकोपहरूबाट बच्न गरिएको नियमित प्रक्रिया भएको जनाइएको छ ।
फोनपे नेटवर्कमा हुने यस कार्यका कारण इसेवाको बिजनेस क्यूआर पेमेन्टलगायत केही सेवा पनि प्रभावित हुने सूचनामा उल्लेख छ ।
यसबाट ग्राहकवर्ग तथा मर्चेन्टहरूमा पर्न सक्ने असुविधाप्रति इसेवा परिवारले क्षमासमेत मागेको छ । 
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
-
भलिबल लिगमा अक्सनबाट छानिए यी खेलाडी, को कतिमा बिके ?
-
१० बजे १० समाचार : ओली–प्रचण्ड मिल्दा रिसाए माधव, कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने
-
निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
-
भारतीय परीक्षा प्रणाली सुधारका प्रधानमन्त्री मोदीले गठन गरे कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण