आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

भारतीय परीक्षा प्रणाली सुधारका प्रधानमन्त्री मोदीले गठन गरे कार्यदल

आइतबार, १० साउन २०८३, २१ : ४८
आइतबार, १० साउन २०८३

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको परीक्षा प्रणाली सुधार्न विशेष कार्यदल गठन गर्ने घोषणा गरेका छन् । यो घोषणा उनको प्रशासनका शिक्षा मन्त्रीले राजीनामा दिएको एक दिनपछि आएको हो ।

सामाजिक सञ्जालमार्फत सक्रिय कक्रोच जनता पार्टी (सीजेपी) ले राजधानी नयाँ दिल्लीको जन्तर मन्तर स्थलमा हजारौँ प्रदर्शनकारी, विशेष गरी विद्यार्थीहरूलाई जम्मा पारेको थियो। यो हालका वर्षहरूमा भारतको सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शनमध्ये एक बनेको थियो।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, 'सरकारले परीक्षा प्रणाली सुधारका लागि ‘उच्च शक्तिसम्पन्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको नेतृत्व भारतीय प्रविधि कम्पनी ‘इन्फोसिस’का सह–संस्थापक नन्दन निलेकानीले गर्नुहुनेछ । कार्यदल परीक्षा सुधारमा केन्द्रित हुनेछ ।'

परीक्षा अनियमितता र युवा भारतकै अन्य समस्याविरुद्ध हप्तौँदेखि चल्दै आएको चरम बिन्दुमा पुगेको प्रदर्शन शनिबार शिक्षा मन्त्रीको राजीनामा र सरकारले अन्य मुख्य मागहरू स्वीकारेसँगै अन्त्य भएको छ ।

आइतबार प्रदर्शनकारीले प्रयोग गरेको क्षेत्रको सरसफाईका लागि दर्जनौँ नगरपालिका कर्मचारीहरू प्रदर्शन स्थलमा खटाइएको थियो । उनीहरूले केही घण्टाअघिसम्म भीडले विरोध गीत गाउँदै, नारा लगाउँदै र तीखा भित्तेलेखन गर्दै गरेका फोहोरलाई सफा गरेका छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले भनेका छन्, 'हाम्रो परीक्षा प्रणाली विश्वसनीय, पारदर्शी हुनुपर्छ र यसले प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ।'

'सरकार आगामी परीक्षाहरूको विश्वसनीयता सकेसम्म चाँडो सुनिश्चित गर्न काम गर्नेछ,' उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप