आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

आइतबार, १० साउन २०८३, २१ : ५४
आइतबार, १० साउन २०८३

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ बाट एक, भद्रपुर नगरपालिका-५ बाट एक, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका-१ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका-२ बाट एक र रतुवामाई नगरपालिका-८ कुखरेडाँडाबाट एक, सिराहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट एक, बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट दुई र गुलरिया नगरपालिका-११ बाट एक, कञ्चनपुरको बेदकोट नगरपालिका-८ गैलनदीबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट एक, लम्कीचुहा नगरपालिका-७ खरौलाबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-५ गेर्मीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित भारत उत्तर प्रदेश महाराजगञ्ज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ बाट एक र सुर्खेतको भेरीगङ्गा नगरपालिका-१२ राजीगाउँबाट तीन जनालाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप