बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सोचेअनुसार प्रदर्शन हुन नसक्दा बाहिरियौँ: कर्णालीका प्रशिक्षक बस्न्यात

बुधबार, १७ मङ्सिर २०८२, ०० : २०
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • कर्णाली याक्स एनपिएलबाट बाहिरिने पहिलो टोली बन्यो, खेलमा सन्तुलन नमिल्दा यस्तो नतिजा आएको हो।
  • प्रशिक्षक राजु बस्न्यातले टिमको प्रदर्शन सोचेअनुसार नभएको र बनोबल खस्किएको बताए।
  • पोखराले कर्णालीलाई हराएर प्लेअफको सम्भावना कायम राखेको छ, एडम रोसिङ्टनको उत्कृष्ट प्रदर्शन रह्यो।

काठमाडौँ । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । 

मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीका प्रशिक्षक राजु बस्न्यातले टिममा सन्तुलन नमिल्दा बाहिरिनुपरेको बताए । उनले भने, “सुरुको खेल हार्दादेखि नै टिमको बनोबल खस्किएको थियो, त्यसपछिका खेलहरूमा पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनौँ ।”

बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो । उनले भने, “कागजमा हेर्दा हाम्रो टिम बलियो नै थियो तर मैदान उत्रिदा फितलो प्रदर्शन भयो, जसका कारण बाहिरिन बाध्य भयौँ ।”

कर्णालीमाथि जीत निकाल्दै पोखराले प्लेअफको सम्भावना जीवितै राखेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ । पोखराको जीतमा शतकीय पारी खेल्दै प्लेयर अफ म्याचसमेत भएका एडम रोसिङ्टनले प्लेअफ पुग्ने लक्ष्यका साथ अघि बढेका बताए । उनले भने, “प्लेअफ पुग्ने लक्ष्यका साथ खेल्दै छौँ, बाँकी रहेका खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप