बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा नेपाली नागरिकलाई २५ वर्षको जेल सजाय
सारांश
- बेलायतमा एक नेपाली नागरिक प्रमोद ढकाललाई बलात्कार र बाल यौन दुर्व्यवहारको आरोपमा २५ वर्षको जेल सजाय सुनाइयो।
- ढकाललाई १७ वर्षको अवधिमा भएका यौन दुर्व्यवहारसम्बन्धी २५ वटा अपराधमा दोषी ठहर गरिएको छ।
- पीडितहरू ढकालका नजिकका पारिवारिक सदस्यहरू थिए र उनले पिटरबरोमा पण्डितको रूपमा आफ्नो पहुँच दुरुपयोग गरे।
लन्डन। बेलायतमा बलात्कार र बाल यौन दुर्व्यवहारको आरोपमा एक नेपाली नागरिकलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरोमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई बलात्कार तथा बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। जेल सजाय भुक्तान गरेपश्चात् ढकाललाई थप ८ वर्षसम्म कडा निगरानीमा राखिनेछ।
ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुर्व्यवहारसम्बन्धी २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ। उनले १३ वर्ष मुनिका बालिकामाथि पाँच पटक, १३ वर्षमाथिका बालिकामाथि दुई पटक बलात्कार गरेको तथा आठ वर्षकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर भएको छ। धेरैजसो पीडितहरू ढकालका नजिकका पारिवारिक सदस्यहरू रहेका र उनले एउटै परिवारका एकभन्दा बढी सदस्यमाथि यौन दुर्व्यवहार गरेको पाइएको छ। पीडितहरूमध्ये अधिकांश पिटरबरो क्षेत्रकै हुन् भने एक जनालाई उनले लन्डनमा दुर्व्यवहार गरेका थिए।
अदालतले ढकालले स्थानीय समुदायमा एक विश्वासिलो सदस्य र पण्डितको रूपमा बनाएको पहुँचलाई दुरुपयोग गर्दै यौन दुर्व्यवहार गरेको ठहर गरेको छ। पिटरबरोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न ढकाललाई स्थानीय नेपाली समुदायले पण्डितका रूपमा सम्मान गर्ने गरेका थिए। सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकालको पैतृक घर धादिङ हो र हाल उनी काठमाडौँमा बस्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण