मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन्।
- सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले राजीनामा दिए।
- मुख्यमन्त्री यादव कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।
विश्वासको मत नपाउने देखेपछि सोही २ बजेपछि बसेको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
उनी कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशकै सात दलका सांसद सर्वोच्च पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण