नेकपा एसका तत्कालीन रुपन्देही अध्यक्ष घनश्यामको पक्षमा
बुधबार, १७ मङ्सिर २०८२, १६ : ५७
सारांश
- तत्कालीन नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका नेता कार्यकर्ता घनश्याम भुसालको नेकपा (संयुक्त) मा समाहित हुने भएका छन्।
- बुधबार बसेको बैठकले साहको अध्यक्षतामा उक्त निर्णय गरेको हो, जसअघि उनीहरू माओवादी केन्द्रसहितका पार्टीमा नगएका हुन्।
- यसअघि भुसालले नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान चलाएका थिए, र पछि नेकपा संयुक्तमा समाहित भए।
काठमाडौँ । तत्कालीन नेकपा (एकीकृत समाजवादी) रुपन्देही जिल्ला कमिटी अध्यक्ष हिराध्वज साह, उपाध्यक्ष र सचिव सहितका नेता कार्यकर्ता घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) मा समाहित हुने भएका छन् ।
साहको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न दल र समूहबिच एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टीमा नगएर साहसहितका नेता कार्यकर्ताहरु नेकपा संयुक्तमा समाहित हुने निर्णय गरेका हुन् ।
यसअघि भुसाल पार्टी एकीकरणमा नगई नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान चलाएका थिए । केही समयपछि भुसालले आफ्नो अभियानलाई नेकपा संयुक्तमा समाहित गरेका थिए । हाल उनी नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण