कारागारका क्षयरोगीलाई छुट्टै आइसोलेसन कक्ष
चितवन । कारागार कार्यालय चितवनमा रहेका क्षयरोगीलाई छुट्टै आइसोलेसन कक्ष निर्माण गरिएको छ । यहाँ रहेका पाँच जना क्षयरोगी बिरामीलाई कारागारभित्रै छट्टै कक्षमा राखेर उपचार गरिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी रहेको यस कारागारमा गत भदौमा गरिएको परीक्षणका क्रममा कारागारभित्रका आठ जनालाई क्षयरोग देखिएको थियो । त्यसपछि छुट्टै आइसोलेसन कक्ष निर्माण गरी राखिएको कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।
जेनजी आन्दोलनपछि भागेका कैदीबन्दी पुनःफर्किएसँगै आइसोलेसनमा राखेर उपचार गर्न थालिएको हो । उनका अनुसार अहिले सो आइसोलेसनमा पाँच जना बिरामी रहेका छन् ।
उनले भने, “आठ जनामध्ये तीन जना अहिलेसम्म फर्किएर आएका छैनन् ।” फर्किएकालाई आएकालाई बीचमा औषधि छुटेको हुँदा पुनःसुरुदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो । यस कारागारको क्षमता महिलातर्फ ५० जना र पुरुषतर्फ ५०० जनाको रहेको छ ।
अहिले कारागारमा रहेका क्षयरोगीलाई छ महिनामा आइसोलेसनमा राखेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । अहिले यस कार्यालमा १०४ जना बिरामी रहेका छन् ।
उनीहरूमध्ये क्षयरोगका बिरामीका कारण अरुलाई सर्ने भएकाले उनीहरूलाई सुरक्षित गरी छ महिनाका लागि आइसोलेसनमा राखिएको हो ।
यसैबिच आज गरिएको कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा दिवाखाना कार्यक्रममा ४२३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ३८७ जना पुरुष, ३४ महिला एवं दुई बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरूमध्ये सात जनामा क्षयरोगको सङ्क्रमणको आशङ्का देखिएको ढुङ्गानाले बताए।
यस्तै, एचआइभी एड्स परीक्षण गर्ने ४०१ जनामा कुनै सङ्क्रमण नदेखिएको उनले बताए । अहिले कारागार कार्यालयमा ५९० जना पुरुष, ३८ जना महिला र दुई जना बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण