दक्षिण अफ्रिकाद्वारा भारतमाथि ४ विकेटको रोमाञ्चक जीत, शृङ्खला १–१ को बराबरी
बुधबार, १७ मङ्सिर २०८२, २३ : ११
सारांश
- भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गर्यो।
- भारतले दिएको ३५९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेट गुमाएर जित हासिल गर्यो।
- भारतका रुतुराज गायकवाडले १०५ र विराट कोहलीले १०२ रन बनाए, तर जितका लागि पर्याप्त भएन।
काठमाडौँ । भारतमा जारी भारत र दक्षिण अफ्रिकाबिचको एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा भारतलाई पराजित गर्दै अफ्रिकाले तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको हो। भारतले दिएको ३५९ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनायो। भारतका ओपनर रुतुराज गायकवाडले ८३ बलमा १०५ रनको शतकीय पारी खेल्दा, स्टार ब्याटर विराट कोहलीले ९३ बलमा १०२ रन जोडे। दक्षिण अफ्रिकाका मार्को जानसेनले २ विकेट लिए भने नान्द्रे बर्गरले १ विकेट हात पारे।
जवाफमा दक्षिण अफ्रिकाले खेलमा ४ बल बाँकी रहँदै ३६२ रन पूरा गर्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण