कुलमानमाथि शंकरको कटाक्ष : उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले
सारांश
- एमाले महासचिव शंकर पोखरेलले कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् ।
- घिसिङले लोडसेडिङ अन्त्यको श्रेय लिँदै पार्टी खोलेकोमा पोखरेलले आपत्ति जनाएका छन् ।
- पोखरेलले उज्यालो नेपालको योजना अर्कैको भएको र जस अर्कोले लिएको आरोप लगाएका छन्।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङमाथि कटाक्ष गरेका छन् । घिसिङले उज्यालो नेपाल पार्टी खोलेसँगै पोखरेलले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन् ।
घिसिङले लोडसेडिङ अन्त्यको श्रेय लिँदै पार्टी खोलेकोमा पोखरेलले आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’
२०७२ सालमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेको नेकपा एमालेको दाबी छ । ओलीले एक वर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेर सोही अनुसार योजना कार्यान्वयन गर्न निर्देशन दिएको पार्टीको भनाई छ ।
२०७३ साउनमा ओली सरकार ढलेपछि सोही वर्षको कात्तिकदेखि नेपालमा औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो । यो कामको जस तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लिने गरेका छन् भने घिसिङलाई उज्यालो नेपालका अभियन्ता भनेर प्रचार गरिन्छ । तर उज्यालो नेपालका अभियानकर्ता र कार्यान्वयनकर्ता चाहिँ ओली नै भएको महासचिव पोखरेलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण