मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा

बिहीबार, १८ मङ्सिर २०८२, १० : ०३
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले क्यारिबियनमा लागुऔषध तस्करहरूमाथि कारबाही गर्ने बताए।
  • पेन्टागनले लागुऔषध जहाजहरूमा आक्रमण गर्दा ८३ जनाको मृत्यु भयो।
  • भेनेजुएलाका राष्ट्रपति मादुरोले अमेरिकालाई आफ्नो देशमा शासन परिवर्तन गर्न खोजेको आरोप लगाए।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करहरूलाई लक्षित गरी स्थल कारबाही सुरु गर्ने बताएका छन्।

ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्ने कार्यमा वायुसेनाको सातौँ बम विंगलाई धन्यवाद दिए। उनले हाल ८५ प्रतिशत तस्करी समुद्रबाट भइरहेको र अब जमिनबाट पनि रोक्न सुरु गरिने बताएका छन्।

सेप्टेम्बर २ यता, पेन्टागनले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित रुपमा लागुऔषध बोकेका जहाजहरूमा कम्तीमा २१ वटा ज्ञात आक्रमण गरेको छ, जसमा जहाजमा सवार कम्तीमा ८३ जनाको मृत्यु भएको छ।

पछिल्ला महिनाहरूमा, वासिङ्टनले भेनेजुएलासँग ठुलो तटरेखा जोडिएको क्यारिबियन सागरमा प्रमुख विमान वाहक यूएसएस जेराल्ड आर. फोर्ड र लगभग १५ हजार सेनासहित एक दर्जन युद्धपोतहरू तैनाथ गरेको छ। यस क्षेत्रमा विगत तीन दशकयता यति ठूलो अमेरिकी सैन्य उपस्थिति देखिएको थिएन।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशको लागुऔषध व्यापारसँग कुनै सम्बन्ध नभएको भन्दै अमेरिकाले भेनेजुएलामा शासन परिवर्तन गर्ने उद्देश्यले युद्धको बनावट गरेको आरोप लगाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप