सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छ: प्रशिक्षक टमाटा
सारांश
- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ।
- सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हरायो, जसमा कप्तान दीपेन्द्रसिंह ऐेरी र हिक्मत महराको महत्त्वपूर्ण योगदान रह्यो।
- प्रशिक्षक टमटाले सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने र समर्थकलाई धन्यवाद दिए।
काठमाडौँ। अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले १२ अङ्क जोड्दै एक खेल अगावै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
साबिक उपविजेता सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने रहेको उक्त टोलीका प्रशिक्षक जगत टमटाले बताए । उनले भने, ‘हामो लक्ष्य च्याम्पियन बन्ने हो, यसपाली जसरी पनि उपाधि रक्षा गर्छाैँ ।’
आजको जीतमा कप्तान दीपेन्द्रसिंह ऐेरी र ट्यालेन्ट हन्टबाट छानिएर आएका आजको खेलमै डेब्यू गरेका हिक्मत महराको महत्त्वपूर्ण योगदान रहेको प्रशिक्षक टमटाको भनाइ छ । दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी भएको र उनको सबै पक्ष राम्रो भएको उनले बताए ।
महरा नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका खेलाडी भएको र पहिलो खेलमै विकेट लिनु सुखद पक्ष भएको प्रशिक्षक टमाटाले बताए । “उल्लेख्य दर्शकका अगाडि त्यो उमेरको खेलाडीले डेब्यू खेलमा गरेको प्रदर्शन सम्झनलायक छ”, उनले भने । प्रशिक्षक टमाटाले सुदूरपश्चिमका समर्थकलाई पनि समर्थनका लागि धन्यवाद दिए ।
यस्तै सुदूरपश्चिमसँग पराजित भएपछि चितवन राइनोजका बलिङ प्रशिक्षक मनिष सखलकरले राम्रो गर्दा गर्दै पनि पनि पराजित हुनुपरेको बताए । उनले भने, “हाम्रा खेलाडीले राम्रो खेले तर हाम्रोभन्दा राम्रो सुदूरपश्चिमले खेलेकाले नतिजा हाम्रो पक्षमा आएन ।” बाँकी खेलमा जित निकालेर चितवनको प्लेअफमा पुग्ने सम्भावना बाँकी रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण