पाटन नगरपालिकाको वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
सारांश
- बैतडीको पाटन नगरपालिका वडा ३ मा स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
- वडाध्यक्षले चुनावी प्रतिबद्धता पूरा नगरेको र भ्रष्टाचार गरेको आरोपमा तालाबन्दी गरिएको हो।
- स्थानीय सरकारको बजेट दुरुपयोग, आसेपासेको पालनपोषण र 'छोटे राजा' झैँ व्यवहार देखाएको आरोप छ।
बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । स्थानीय बासिन्दा तथा असन्तुष्ट पक्षले वडाध्यक्ष माथि चुनावी प्रतिबद्धता पूरा नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।
२०७९ सालको स्थानीय चुनावमा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष करुणाकर भट्टले चुनावी प्रचारप्रसारमा ठूलाठूला वाचा गरे पनि आजसम्म एउटा पनि नयाँ विकास योजना नल्याएको तालाबन्दी गर्ने समूहको आरोप छ ।

उनीहरूका अनुसार वडाध्यक्षले स्थानीय सरकारको बजेट दुरुपयोग गरी आफ्ना आसेपासेहरूकै पालनपोषण र भ्रष्टाचारमा लिप्त रहेका छन् । साथै, स्थानीय कार्यक्रम तथा गतिविधिमा जनतालाई सहभागी नै नगराउने र बारम्बार जनतालाई भ्रममा पारेर ‘छोटे राजा’ झैँ व्यवहार देखाएको भन्दै पीडित भएर तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ ।
यस विषयमा वडाध्यक्षको प्रतिक्रिया आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण