विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
सारांश
- नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भयो, विश्वकप खेल्नका लागि तयारी हुँदैछ ।
- क्यानले २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ, जसमा खेलाडीहरू छन् ।
- ग्लोबल क्वालिफायर नेपालमा हुँदैछ, शीर्ष चार टोली विश्वकपका लागि छनोट हुनेछन्।
काठमाडौँ।आइसिसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा शुक्रबारदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो ।
यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी छन् ।
बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुने क्यानले जनाएको छ । आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुँदैछन् । तीमध्ये शीर्ष चार देश सन् २०२६ को जुनमा इङ्ल्याण्डमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
ग्लोबल क्वालिफायरमा समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्वाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण