क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै
सारांश
- अदानचुली गाउँपालिकामा क्षतिग्रस्त विद्युत् संरचना मर्मतको तयारी सुरु भएको छ।
- बाढीले क्षति पुर्याएको जलविद्युत् आयोजनाको मर्मत तथा अन्यत्रै बनाउनुपर्ने भएको छ।
- विद्युत् मर्मतपछि गाउँपालिकाका स्थानीय टुकीको भरबाट मुक्त हुनेछन्।
हुम्ला। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुवै विद्युत् संरचना मर्मतको तयारी थालिएको छ । हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो विद्युत्को पहुँचमा पुर्याउन पहल भइरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक टोली मर्मतका लागि लागत अनुमान गर्न अदानचुली पुगेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । गत वर्ष बाढीका कारण मुहानसहित विद्युत् गृह बगाएको अदानचुली–३ गोरपालीमा रहेको छहराखेत लघु जलविद्युत् आयोजनाको विद्युत् गृह अर्को ठाउँमा बनाउनुपर्ने भएको छ । बाढीले बगाएर बगर बनाएको विद्युत् गृह पहिलेको भन्दा केही टाढा बनाउनुपर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर राजन थापा क्षेत्रीले बताए ।
यस्तै अदानचुली–४ कुकुरफाल्ना लघु जलविद्युत् आयोजनाको अरू सबै संरचना राम्रो भए पनि मूललाई नै अर्को ठाउँमा सार्नुपर्ने तथा विद्युत् गृहको केही भाग मर्मत गर्नुपर्ने देखिएको छ । विद्युत्को पहुँचभन्दा बाहिर रहेको अदानचुली गाउँपालिकामा लागत अनुमानको निरीक्षणपछि प्रवर्द्धन केन्द्रले छिट्टै काम अगाडि बढाउने र छहराखेत विद्युत्को विद्युत् गृह फरक ठाउँमा सार्नुपर्ने छ ।
दुवै आयोजनाको लगानीबारे यकिन भएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दीर्घकालीन ऊर्जा सुरक्षाको आधार निर्माण गरेर काम थाल्ने गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । जिल्लाका सबै गाउँपालिकामा विद्युत् पहुँच भए पनि अदानचुली गाउँपालिकामा नहुँदा टुकीको साहारामा बस्नुपरिरहेको छ । प्रवर्द्धन केन्द्र र अदानचुली गाउँपालिकाको लगानीमा दुवैको मर्मत सुरु गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण