हेटौँडाको मेन रोडमा सबेरै चल्यो डोजर, ५ सय सुरक्षाकर्मी परिचालन (तस्बिरहरू)
सारांश
- हेटौँडा उपमहानगरपालिकामा सडक सीमाभित्र बनेका घरटहरा हटाउन डोजर चलाइएको छ।
- सडक विस्तारका लागि १५ दिनको अल्टिमेटम सकिएपछि सुरक्षाकर्मी र डोजर परिचालन गरिएको हो।
- पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको घरसहित विभिन्न संरचना भत्काइएको छ।
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा हटाउन थालिएको छ । १५ दिनको अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहान ५ बजे देखि घरटहरा हटाउन डोजर चलाइएको हो ।
सडक विस्तारमा ५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन भएको छ भने १५ भन्दा बढी घर भत्किसकेका छन् । पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोड सिमा चोकमा रहेको घर पेन्टागन टावरमा पनि डोजर चलेको छ ।

सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५–७५ फिट विस्तार गर्न लागेको हो ।

सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मङ्सिर ५ गते उक्त अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैँ भत्काउने सूचनामा उल्लेख थियो ।

सडक डिभिजन कार्यालयको तथ्याङ्क अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रभित्र मात्रै ५ सय ३१ वटा संरचना भत्काउनु पर्नेछ । यो रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म क्षेत्रभित्रको संरचना हो । यसमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ वटा र बायाँतर्फ २९७ वटा संरचना भत्काउनुपर्ने देखिएको डिभिजनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण