इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूका लागि जारी गर्यो एडभाइजरी
सारांश
- दिल्लीको इन्दिरा गान्धी विमानस्थलले यात्रुहरूका लागि एड्भाइजरी जारी गरेको छ, उडान सञ्चालन बिस्तारै सामान्य हुँदैछ।
- इन्डिगो एयरका केही उडान अझै प्रभावित छन्, विमानस्थलले उडान अघि एयरलाइन्ससँग स्थिति जाँच गर्न आग्रह गरेको छ।
- इन्डिगो एयरले प्राविधिक त्रुटि, प्रतिकूल मौसम र नयाँ नियमका कारण उडान रद्द गरेको जनाएको छ र यात्रुहरूसँग माफी मागेको छ।
नयाँ दिल्ली । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूका लागि एडभाइजरी जारी गरेको छ। शनिबार सो विमानस्थलले पछिल्ला दिन देखिएको अवरोधपछिको उडान सञ्चालन बिस्तारै सामान्य बन्दै गएको भन्दै यात्रुहरूका लागि एडभाइजरी जारी गरेको हो ।
विमानस्थलका अनुसार अझै पनि इन्डिगो एयरका केही उडान भने प्रभावित भइरहेका छन् । विमानस्थलद्वारा जारी विज्ञप्तिमा यात्रुहरूलाई कुनै पनि असुविधाबाट बच्न विमानस्थल जानुअघि एयरलाइन्ससँग पछिल्लो उडान स्थिति जाँच गर्न सल्लाह दिइएको छ।
विज्ञप्तिमा भनिएको छ-‘ हाम्रा प्रतिनिधिहरूले अवरोधहरू कम गर्न सबै सम्बन्धित एजेन्सीहरूसँग नजिकबाट काम गरिरहेका छन्। ’ भारतीय विमान कम्पनी इन्डिगो एयरले शुक्रबार राति सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै असङ्ख्य उडान रद्द गरिएको र त्यसबाट भएको ढिलाइप्रति यात्रुहरूसँग माफी मागेको थियो ।
एयरलाइन्सले रद्द गरिएका उडान र त्यसबाट प्रभावित सबै यात्रुहरूलाई चाँडै नै फिर्ता गरिने आश्वासन दिएको छ । भारतको सबैभन्दा ठुलो विमान कम्पनी समेत रहेकाे इन्डिगोले केही दिनयता देशभर करिब २ हजार उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् ।
ठुलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् । शनिबार पनि सो एयरलाइन्सले सयौँ उडान रद्द गरेकाे जनाएको छ । कम्पनीले प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियम लगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण उडान रद्द गर्नुपरेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण