मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्लेअफमा दोस्रो हुन जित्नुपर्ने भएकाले सोहीअनुसार खेल्यौँ: कप्तान लामिछाने

शनिबार, २० मङ्सिर २०८२, १५ : २०
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले प्लेअफमा पुगे पनि दोस्रो स्थानका लागि जित्नैपर्ने बताए।
  • विराटनगर किंग्सका फाप डु प्लेसिसले सन्दीप लामिछानेलाई 'स्पेसल बलर' को संज्ञा दिए, क्रिकेटको क्रेज देखेर प्रभावित भए।
  • सुदूरपश्चिम रोयल्सका आरिफ शेखले टिमको समग्र प्रदर्शन राम्रो भएको र नयाँ खेलाडीलाई मौका दिएको बताए।

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत सुदूरपश्चिम रोयल्समाथि प्राप्त जितपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरू प्लेअफमा पुगिसके पनि दोस्रो स्थान सुनिश्चित गर्न जित्नैपर्ने अवस्था रहेकोले सोहीअनुरूप खेलेको बताएका छन्।

उनले फिल्डिङ रोजेसँगै जित्नका लागि जतिसुकै ठूलो लक्ष्य दिएपनि १३.४ ओभरमा जित्ने योजना बनाएर मैदानमा उत्रिएको जानकारी दिए। लामिछानेले बलिङमा केही ठाउँमा चुकेको भए पनि समग्रमा राम्रो प्रदर्शन भएको बताए। उनका अनुसार ओपनिङ पार्टनरसिप नै टिमका लागि महत्त्वपूर्ण भएको थियो।

faf

विराटनगर किंग्सका खेलाडी फाप डु प्लेसिसले पावर प्लेमा स्पिनरले बलिङ गरेको र दायाँ तथा बायाँ हाते ब्याट्सम्यान भएकाले रन बढी बटुल्न सफल भएको बताए। उनले विश्व क्रिकेटमै सन्दीप लामिछानेलाई 'स्पेसल बलर' को संज्ञा दिँदै टिमले उनीबाट धेरै अपेक्षा गर्ने गरेको उल्लेख गरे। डु प्लेसिसले नेपालमा क्रिकेटको क्रेज विशेष रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताए।

592149061_846386118038965_4002746121960985003_n

उता, सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले समग्रमा आजको खेल राम्रो भएको र टिमले प्रयास गरेअनुसार नै खेल भएको बताएका छन्। उनले आजको खेलमा प्लेइङ ११ मा नयाँ खेलाडीलाई मौका दिइएको र यसले आउने खेलका लागि राम्रो हुने विश्वास व्यक्त गरे।

शेखले पावर प्लेमा आफ्नो टिमबाट राम्रो बलिङ हुन नसकेको स्वीकारे। उनीहरू दबाबमा नरहेको तर विराटनगर किंग्सले पावर प्लेमा उत्कृष्ट ब्याटिङ गरेको बताए। उनले नेपाली खेलाडी र नागरिकका लागि विश्वकै चर्चित खेलाडीहरू नेपाल आएर खेल्नु राम्रो भएको र यसबाट आफूहरूले पनि सिकिरहेको बताएका छन्। शेखले आफ्नो टिम विदेशी खेलाडीमा मात्रै निर्भर नरहेको र नेपाली खेलाडीहरूले पनि राम्रो खेलिरहेको दाबी गरे।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप